रुकुमको दुईवटा मतदान केन्द्रमा २१ गते पुनःमतदान गरिने

रुकुम, १० मंसिर । रुकुममा पुनह मतदान हुने भएको छ । रुकुमको दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने भएको छ । आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले दिए।

 

यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान गरिने उनले बताए ।

Promise Education Consultancy