अबको नयाँ युग समाजवाद र विकासको युग : प्रचण्ड

चितवन (माडी) १० मंसिर । पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको नयाँ युग समाजवाद र विकासको युग हुने बताएका छन् ।
प्रतिनिधि सभा क्षेत्र नं ३ का उम्मेद्वार समेत रहेका प्रचण्डले माडीको बगाईमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने ‘राजनिति स्थायित्व पुरा भएकोछ, समाजवादको आधार निर्माण गरेर अब नयाँ युगमा समाजवाद र विकासको युग हुने छ । ’
शान्ति प्रक्रियापछि तेश्रो पटक माडी पुगेका प्रचण्डले केरौँ , माडी ठोरी हुदैँ कोलकत्ता सम्म सडक र रेल मार्ग जोडीने बताए । उनले आर्थिक नाकाको रुपमा केरौँ ठोरी माडी हुदैँ कोलकत्ता सम्म रेल र सडक मर्ग जोडीने र यसीयाली माप दण्ड अनुसारको चितवनको विकासको मोडल विश्वले अनुशरण गर्ने खालको बनाउने बताए ।

उपयुक्त बिकल्प बिना बाँदरझुला स्तान्तरण हुदैन

यसैबीच अध्यक्ष प्रचण्डले बाँदरझुलाका सुकुम्बासीलाई लाल पुर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । उनले रोजगारीको ग्यारेण्टी नभएसम्म बस्ती स्थान्तरण पनि बताए । चुनावी सभालाई सम्बोधन गर्न आईतबार बिहान माडी नगरपालिका ९ बाँदरझुला पुगेका प्रचण्डले यस अघि आफु प्रधानमन्त्री भएका बेला बस्तीलाई निकुञ्जले हटाउन सुरु गरेको भएपनि आफुले सो कामलाई ठाडो निर्देशनमा रोकेको जानकारी दिए । यहाँबाट मलाई फोन गयो । हात्ती लगाएर घर भत्काईदै छ भनेर । निकुञ्जबाट निर्णय भएपछि घर भत्काउन ,बाली नष्ट गर्न लागिएको थियो । तर आफुले त्यसो गर्न नदिएको बताए । उहाँले कम्तीमा ५ कठ्ठाका दरले जग्गा , शिक्षा ,स्वास्थ्य तथा रोजगारीको ग्यारेण्टी नभएसम्म बस्ती स्थान्तरण नहुने उल्लेख गरे ।
यसैबीच प्रचण्डले सशस्त्र द्वन्द्वको क्रममा ३५ सर्वसाधारण र ३ सुरक्षाकर्मी गरि ३८ जनाको ज्यान जाने गरि भएको बाँदरमुढे घटनाका मृतकहरुको सम्झनामा निर्माण गरेका थिए ।
आइतबार बिहानै माडीको बाँदरमुढे स्मारकमा पुगी सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सर्वसाधारणको स्मारकमा पुष्पागुच्छा अर्पण गरेका हुन् ।
पुष्पागुच्छा अर्पण गर्दै अध्यक्ष प्रचण्डले बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवस् गल्ती भएको बताए।
बाँदरमुढेका पीडितप्रति आफ्नो सधै सम्मान रहेको बताउँदै प्रचण्डले पीडित परिवार र मृतकहरुका पक्षमा दीर्घकालिन प्रकृतिका काम गर्ने बताए ।
आजको प्रचण्डको घरदैलो तथा चुनावी सभामा गायक बद्री पंगेनी लगयतले गीत गाएर भोट मागेका थिए ।