गोरखाको ७७ जना मतदाता भएको केन्द्रमा मतदान सकियो

गोरखा, १० मंसिर । गोरखाको एक मतान केनद्रमा मतदान कार्य समपन्न भएको छ । तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिका( १ साम्दाको साम्दो आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो। ७७ जना मतदाता रहेको सो केन्द्रमा ६६ मत खसेको वडा सदस्य निमा दोर्जे लामाले जानकारी दिए। ‘बाँकी भएका मतदाताहरु केही विदेश र केहीको निधन भएको छ,’ लामाले भने ‘यहाँ भएकाहरुले आएर भोट हालिसके।’ मतदान सकिए पनि मतदान केन्द्रमा ५ बजे बस्नुपर्ने नियमअनुसार बसिराख्ने मतदान अधिकृत जितबहादुर अधिकारीले जानकारी दिए।

.