बझाङमा कांग्रेसका कार्यकर्ताले श्रीमतीको भोट आफै हाल्न खोजेपछि कुटाकुट

बझाङ, १० मंसिर । श्रीमतीको भोट श्रीमान् आफैले हालन् खोजेपछि बझाङमा कुटाकुट भएका छन् । थलारा गाउँपालिका वडा नम्बर ८ मा रहेको शैलेश्वरी निमावि मतदान केन्द्रमा झडप भएको हो । झडपका क्रममा नेपाली कांग्रेसका केही कार्यकर्ताहरुले एमालेका कार्यकर्तालाई कुटपिट गरेको स्थानीयबासिन्दा पदम उपाध्यायले बताउनुभयो । स्थानीयबासिन्दा देबराज पाध्याकी श्रीमतीको भोट देवराजले हाल्न खोज्दा झडप भएको हो ।
एमालेका कार्यकर्ताले भोट हाल्न नपाउने भनेपछि झडप भएको थियो । झडपका क्रममा एक जना एमालेका कार्यकता सामान्य घाइते भएका छन् । केही समय मतदान स्थलमा तनावग्रस्त भए पनि अहिले शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया भैरहेको छ ।