बाँदरमुढे घटनाको स्मारकमा प्रचण्डको श्रद्धाञ्जली

चितवन, १० मंसिर । सशस्त्र द्वन्द्वको क्रममा ३५ सर्वसाधारण र ३ सुरक्षाकर्मी गरि ३८ जनाको ज्यान जाने गरि भएको बाँदरमुढे घटनाका मृतकहरुको सम्झनामा निर्माण गरिएको स्मारकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुष्पागुच्छा अर्पण गरेका छन्।
आइतबार बिहानै माडीको बाँदरमुढे स्मारकमा पुगी सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सर्वसाधारणको स्मारकमा पुष्पागुच्छा अर्पण गरेका हुन् ।
पुष्पागुच्छा अर्पण गर्दै अध्यक्ष प्रचण्डले बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवस् गल्ती भएको बताए।
बाँदरमुढेका पीडितप्रति आफ्नो सधै सम्मान रहेको बताउँदै प्रचण्डले पीडित परिवार र मृतकहरुका पक्षमा दीर्घकालिन प्रकृतिका काम गर्ने बताए ।