चुनावी घरदैलोमा सहभागी हुन आज माडी जादैँ प्रचण्ड

 

चितवन, १० मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र न ३ प्रतिनिधिसभाका उम्मेद्वार पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज माडी जाने भएका छन् ।  आज उनी पहिलो चुनावी घर दैलो अभियानका लागि माडी जान लागेका हुन् ।

माडीमा आज उनी विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।आफ्नो चुनावी क्षेत्र समेत रहेका माडीमा विस्तृत शान्ति सम्झौतापछि भने तेश्रो पटक सार्वजनिक कार्यक्रममा जान लागेका हुन् ।