पेट्रोलियम पदार्थको प्रशोधन केन्द्र चितवनमा बनाउन सम्भव छ : पुष्पकमल दाहाल प्रचण्ड (भिडियोसहित)

 

चितवन, मंसिर १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको प्रशोधन केन्द्र चितवनमा बनाउन सम्भव रहेको वताएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा फ्लाई ओभर बनाउने कुरा अरुलाइ अनौठो लागेपनि राजनितिक नेताका दृष्टिकोणले सम्भव रहेको उनको भनाइ छ ।

 

पश्चिम चितवनमा शनिबार आयोजित चुनावी भेलालाइ सम्बोधन गदैै प्रचण्डले प्रधानमन्त्रि देखि राष्ट्रपति सम्म बन्न सक्ने व्यक्ति कसरी टुरिष्ट उम्मेदवार हुन्छ भनेर प्रश्न समेत गरेका छन् । त्यस्तै उनले छिट्टै नै चितवन हुंदै पुर्व पश्चिम रेल गुड्ने दावि समेत गरेका छन् ।

चितवनका सचेत नागरिकहरुको अभिमत पाएर निर्वाचित भई चितवनको मोडललाइ देशभरी फैलाउने आफ्नो उदेश्य रहेको उनको भनाइ छ । आफ्नो पहिचान चितवनका जनताले बनाएको वताउंदै उनले राष्ट्रपति र प्रधानमन्त्रि बन्ने व्यक्ति टुरिष्ट हुन्छ त ? भनेर आफ्ना प्रतिद्धन्दिलाइ प्रश्न गरेका छन् ।

 

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार पश्चिम चितवनमा घरदैलो समेत गरेका छन् । घरदैलो कार्यक्रममा प्रचण्डले नाति प्रसिद्धलाइ पनि संगै लिएर गएका थिए । घरदैलो गर्नुअघि आयोजित सभालाइ सम्बोधन गर्दै प्रचण्डले नारायणी र राप्ति नदिको बहुबर्षिय योजना अन्तर्गत तटबन्धनको काम अघि बढि सकेको प्रचण्डले वताए । आगामी पांच बर्षमा नदि तटबन्धन र रिङरोड निर्माण कार्य शुरु गरिसक्ने उनले प्रतिबद्धता समेत जनाएका छन् ।

चितवन प्रतिनिधि सभा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका कोहि पनि उम्मेदवार नरहेको भन्दै उनले कांग्रेसका इमान्दार लोकतन्त्रबादी नेता कार्यकर्तालाइ हातमा माटो लिएर आफ्नो छातिमा राखी आफ्नो अन्र्तआत्माको आवाज सुन्न आग्रह गरे ।

प्रचण्डलाइ भोट दिनु जनता, राष्ट्र र लोकतन्त्रको हितमा हुन्छ की हलोलाइ दिंदा लोकतन्त्रको हितमा हुन्छ त्यसको आवाज सुनेर सहि निर्णय गर्न उनले सुझाव दिएका छन् । बाम गठबन्धन कसैका विरुद्ध नरहेको वताउंदै उनले यस कार्यले आकास नखस्ने वताएका छन् ।

.