प्रचण्ड जिताउनका माडीका महिलाहरु एकजुट

चितवन, ९ मंसिर । चितवनको माडी नगरपालिका वडा ४ बद्यौडा अम्रौलीका महिलाहरु एकजुट भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन महिलाहरु एकजुट भएका हुन् ।


प्रचण्ड विजयी अभियानको चितवन क्षेत्र नं. ३ की महलिा सह–संयोजक सावित्रि अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा स्थानियहरुले प्रचण्डलाई जिताउन लक्ष्मी लामिछानेको संयोकत्वमा १ सय ५० सदस्ययी निर्वाचन परिचालन समित समेत गठन गरेको छन् ।


समितिका सदस्यहरु जनताको हरेक घरघरमा गई प्रचण्डलाई जिताउन विशेष कार्यक्रम समेत गर्ने उनीहरुले बताएका छन् । साथै सोही अवसरमा उनीहरुले माडीकै बरुवा बजारमा घरदैलो कार्यक्रम समेत सम्पन्न गरेका थिए । सो अवसरमा प्रदेश नं. ३ की समानुपातिक तर्फकी उम्मेदवार अम्बीका लामिछाने समेत घरदैलो सक्रिय भएकी थिईन् ।
भेलामा माडीको महिला ईन्चार्ज दिलमाया पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।