चितवनमा वामगठबन्धन जिताउन बुद्धिजीवीहरु एकजुट

चितवन, ९ मंसिर । चितवनमा वामगठबन्धनको विजय अभियानका लागि जिल्लाका बुद्धिजीवीहरु एकजुट भएका छन् । नेपाल बुद्धिजीवी परिषद र नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन चितवनको संयुक्त भेलाबाट चितवनमा ‘वामगठबन्धनको विजय अभियान’ संचालनका लागि जिल्ला र क्षेत्र स्तरिय संयुक्त समिति निर्माण भएको छ । भने निर्वाचन अभियानको अभियन्ताका रुपमा परिचालित गरिएको चितवन क्षेत्र नं ३ का संयोजक बिनोदखण्ड तिमिल्सिनाले जानकारी दिए ।
नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन का जिल्ला संयोजक टेकबहादुर थापाको अध्यक्षता र नेपाल बुद्धिजीवी परिषदका जिल्ला अध्यक्ष दिपक प्रकाश सिवाकोटीको संचालनमा सम्पन्न भएको थियो ।
भेलामा एमाले नेता अरुणपिणित भण्डारी माओबादि केन्द्र का नेता रणेन्द्र बराली, बाम बुद्धिजीवी रमाकान्त सापकोटा, डा. रविमोहन सापकोटा लगाएतले संवोधन गरेका थिए ।
साथै भेलाले जिल्ला संयुक्त बाम बुद्धिजीवी समिति गठन समेत गरेको छ । टेकबहादुर थापा र दिपक प्रकाश सिवाकोटीको संयोजकत्वमा ७ सदस्ययी समिति गठन गरेको हो । जसको सदस्यहरुमा रमाकान्त सापकोटा, रविमोहन सापकोटा, विनोदखण्ड तिमिल्सिना (क्षेत्र नं ३ सं), बद्री अधिकारी (क्षेत्र नं २ सं), कपिल देव सुवेदी (क्षेत्र नं १ सं) रहेकच छन् ।
भने क्षेत्र नं १ कपिल देव सुवेदी संयोजक र रामेश्वर पोख्रेल सहसंयोजक रहेको १५ सदस्यीय समिति, क्षेत्र नं २ बद्रि अधिकारी संयोजक र रामहरि श्रेष्ठ सहसंयोजक रहेको १७ सदस्यीय समिति र क्षेत्र नं ३ मा बिनोदखण्ड तिमिल्सिना संयोजक र प्रेमहरि सुवेदी र अजिव पौडेल सहसंयोजक रहेको १९ सदस्यीय समिति गठन भएको हो ।

 

Promise Education Consultancy