सिभिल बैंक लिमिटेडद्वारा चितवनमा घरदैलो कार्यक्रम

चितवन, ९ मंसिर । नेपालको ‘क’ वर्गको बैंक सिभिल बैंक लिमिटेडले चितवनको विभिन्न ठाउमा वित्तिय साक्षरताको लागि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तिय साक्षरताको लागि घरदैलो कार्यक्रममा बैंकका शाखाका कर्मचारी समाजका प्रतिष्ठित व्यक्ति लगायतको उपथिती रहेको थियो ।घरदैलो कार्यक्रम अन्तर्गत नारायणघाट, भरतपुरको विभिन्न ठाउँ ,टाँडी,खुरखुरे,पार्बतिपुर लगायतका ठाउमा वित्तिय साक्षरताको लागि घरदैलो कार्यक्रम गरिएको छ ।

शनिबार यसरी चितवनका विभिन्न ठाउमा सिभिल बैंक लिमिटेडले गरेको वित्तिय साक्षरताको लागि घरदैलो कार्यक्रम निकै प्रभाबकारी रहेको नारायणघाट शाखाका म्यानेजर बुद्दि अधिकारीले जानकारी दिनु भयो ।यस वित्तिय साक्षरता अभियान देशब्यापी रुपमा लगिने कुरा बैंकले जनाएको छ ।