नवलपुरको रजहरमा २५ जनाले गरे कांग्रेश परित्याग ( भिडियो सहित )

नवलपुर । नवलपुरको रजहरमा २५ जनाले गरे कांग्रेश परित्याग ।

नेपाली कांग्रेशका अगुवा कार्यकर्ताहरुले शुक्रबार पार्टि परित्याग गरेका छन् । कांग्रेशबाट मुलुकको स्वाधिनता र राष्ट्रियता सुरक्षित नहुने भन्दै रजहर धुसेरीका २५ जना कांग्रेश कार्यकताहरु बाम गठबन्धन प्रबेश गरेका हुन् ।
पार्टि प्रबेश गर्नेमा युवा अगुवा दुर्गा प्रसाद पौडेल, बिना न्यौपाने, राधा बस्ताकोटी, आनन्द पौडेल, सिता खनाल, अम्बिका पौडेल खनाल, सिता खनाल लगायतका २५ जना रहेका छन् । उनिहरलाई प्रतिनिधी सभा सदस्य, नवलपुर क्षेत्र नंम्बर १ मा वाम गठबन्धनका उम्मेद्वार भविश्वर पराजुली र प्रदेश सभा सदस्यका उम्मेद्वार सुर्य प्रसाद न्यौपानेले संयुक्त रुपमा गठबन्धनमा स्वागत गर्नुभएको थियो ।

 

 

यसैबिच पार्टि प्रबेश सभालाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्यका उम्मेद्वार भबिश्वर पराजुलीले मुलुक र नेपाली जनताको उज्वल भविश्यका लागि बाम गठबन्धनको जित आवश्यकता रहेको धारणा राख्नुभयो । उहाँले नवलपुरको संमृद्धिका निम्ती आफ्नो जित आवश्यकता रहेको धारणा राख्दै, मुलुकको स्वाधिनता रक्षा गर्न , राष्ट्रियता र संमृद्धिका निम्ती देशैभर बाम गठबन्धनले विजयी हासिल गर्ने स्पष्ट पार्नुभयो ।

भिडियो सहित    Click  here for   video…    MVI_2188

 

नवलपुरमा बिगतमा विजयी जनप्रतिनिधीले जनमतलाई कुल्चिदै यहाँको जनताको अपमान गर्दै आएको भन्दै फेरि पनि जनतालाई झुठाँ र भ्रमको खेती गर्न तल्लिन बनेको भन्दै सबै नवलपुर बासीलाई बिबेक पुर्र्याउन आग्रह गर्नुभयो ।

 

कार्यक्रममा बाम गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेद्वार सुर्य प्रसाद न्यौपानेले संमृद्ध नवलपुर र नवलपुरबासीको सम्मान का लागी आफुले जित्ने धारणा राख्नुभएको छ । जनता कसैका पनि रैती नभएको स्पष्ट पार्दै न्यौपानेले अबको निर्वाचनमा जनताले सहि ब्यक्ति छनौट गर्ने बताउनुभयो ।

 

.