नुरप्रसादलाई नगद सहयोग प्रदान

 

चितवन, ९ मंसिर । । राप्ती नगरपालिका वडा न. ४ सुन्दर बस्तीमा आज स्वास्थ समस्याबाट पीडित व्यक्ति नुरप्रसाद सापकोटालाई विभिन्न सहयोगी व्यक्तिहरुबाट संकलित नगद दश हजार २२ रुपैया सहयोग प्रदान गरिएको छ।
बाम गठबन्धन चुनाव प्रचार प्रसार समितीका राप्ती नगर पालिका वडा न.४ का सयोजक थलराज पाठक सभापती रहनु भएको सो कार्यक्रम मा प्रमुख अतिथी राप्ती नगर पालिका वडा न. ४ का अध्यक्ष शम्शेर लामाले सो सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो।
उक्त कार्यक्रममा माओवादी केन्द्रका वडा इन्चार्ज सुधिर गौतम लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो

 

Promise Education Consultancy