पहिलो चरणमा अधिकांश स्थानमा बाम गठवन्धन विजय हुन्छ : पाण्डे

चितवन मंसीर ९ । बाम गठवन्धनका उम्मेदवारहरुले चितवन क्षेत्र नम्वर एकमा थपिएको रत्ननगर नगरपालिकामा चुनावी घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पुर्याएका छन् ।

अव रत्ननगर वडा नम्वर ९ मा मात्रै चुनावी अभियान अन्र्तगत घरदैलो र चुनावी सभा गर्न वाँकी छ । बाम गठवन्धनबाट चितवन क्षेत्र नम्वर एकका प्रतिनिधी सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे ,प्रदेश सभा ख का उम्मेदवार कृष्ण खनाल र समानुपातिक उम्मेदवार कंचन खनालले शनिवार रत्ननगर ३ मा घरदैलो कार्यक्रम गरेर मतदातसंग मत मागेका छन् ।

शान्तिचोकमा घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले आईतवार ३२ जिल्लामा हुन लागेको पहिलो चरणको निर्वाचनमा अधिकांश स्थानमा बाम गठवन्धनले जित हात पार्ने दावी गरे ।

पहिलो चरणमा एकाध स्थानबाहेक अन्य सवै स्थानमा बाम गठवन्धनको जित सुनिश्चित छ नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका उम्मेदवार पाण्डेले भने – मंसीर २१ गते हुने दोश्रो चरणको चुनावमा पनि धेरै ठाँउमा विजयी हुदै मंसीरको अन्तिमतिर बाम गठवन्धनको स्थायी सरकार वन्छ ।

उम्मेदवारहरुले रत्ननगर ३ को शान्ति चोक,हाजीपुर,वेल्सी,वन्सी लगायतका स्थानमा घरदैलो गरेका थिए । वेल्सीमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै चितवन क्षेत्र नम्वर एक प्रदेश ख का उम्मेदवार कृष्ण प्रसाद खनालले लोकतन्त्रको रक्षाका लागि बाम गठवन्धनको सरकार आवश्यक रहेको वताए ।

लोकतन्त्रको रक्षासंगै देशलाई समृद्ध वनाउन कम्युनिष्टले मात्रै सक्ने दावी गर्दै खनालले बाम गठवन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरे । समानुपातिक उम्मेदवार कंचन खनालले बाम गठवन्धनको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गरिन् ।