स्काइराइडरद्धारा विद्यार्थीलाई रेडक्रस अभिमुखिकरण

 

चितवन, मंसिर ९ । रत्ननगरमा आज रेडक्रस सम्वन्धी रेडक्रस अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

नेपाल जुनियर रेडक्रस सर्कल स्काइराइडर आवासीय माध्यमिक विद्यालयको आयोजनामा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विद्यालयका शिक्षक तथा केन्द्रिय प्रशिक्षक नेत्रवन्धु पोख्रेल र शिक्षकनायक विकास पुरीले १५० जना जुनियरहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

स्काइराइडर आवासीय माध्यमिक विद्यालयका प्राचार्य तथा सर्कलका संरक्षक मदन पुरीको प्रमुख आतिथ्यतामा भइको सो कार्यक्रममा शिक्षक नायक विकास पुरीले सर्कलले गरेको कार्यमुलक उपलब्धीको गतिविधि प्रस्तुत गर्नु भएको थियो ।

सर्कलका अध्यक्ष कशिस तिमिल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा सर्कलका उप सचिव मनिषा पुरीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

२०७३ सालमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र केन्द्रिय कार्यलयले गरेको मुल्याङ्कनमा यो सर्कल जिल्ला प्रथम र मध्यमाञ्चल क्षेत्र प्रथम हुन सफल भएको थियो ।