ओली निवासमा बम विस्फोट

झापा, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बम विस्फोट भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य चुनावका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका ओलीको दमक–५ मा रहेको निवासमा शनिबार बिहान विस्फोट भएको हो।
विस्फोटबाट ओली निवासको पूर्वी गेटमा क्षति भएको छ । बिहान ४ बजेतिर अचानक ठूलो आवाजकासाथ विस्फोट भएकाले झण्डै दुई किलोमिटर टाढासम्म सुनिएको थियो ।
त्यही स्थानमा राखिएको अर्को बम भने सेनाको बम डिस्पोजल टोलीले बिहान साढे ७ बजे सुरक्षित रुपमा विष्फोट गराएको छ । ओली निवासमा दमक नगरका मेयर रोमनाथ ओलीको परिवार बस्दै आएको छ । अहिले यस क्षेत्रमा सुरक्ष सतर्कता बढाइएको छ ।

.