बिकासको लहर ल्याउनका लागि बाम गठबन्धन : प्रचण्ड

चितवन, ९ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा चितवन क्षेत्र न ३ प्रतिनिधिसभाका उम्मेद्वार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा बिकासको लहर ल्याउनका लागि बाम गठबन्धन गर्नु परेको बताएका छन् । संयुक्त बाम गठबन्धनले आज शिबनगरमा आयोजना गरेको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिकासको लहरमा समाहित हुन सबै संग आग्रह गरे ।

चितवनको अभिमत बाट राष्ट्रको नेतृत्व आफुले गर्न लागेको भन्दै उनले भने “सहि समयमा सहि निर्णय गर्नु पर्छ ।”यो देशको सामाजिक न्यायका निम्ति आफ्नो उम्मेदवारी रहेको भन्दै उनले अब आफ्नो एजेण्डा आर्थिक सम्बृद्धिको रहेको बताए । लामो समय सम्म राजनितिक उपलव्धि प्राप्तिका लागि लागेको भन्दै उनले अब सबै मुलुकको सम्बृद्धिका लागि जुट्नु पर्ने बताए ।

अध्यक्ष प्रचण्डले चितवनको विकास र समृद्धिका लागि आफु गृह जिल्ला आएको बताए । सो अबसरमा भरतपुर महानगरपालिका वडा नम्बर १९ को बखान सहकारी संस्थाका अध्यक्ष मोहनसिँह लामा , प्रकृति आमा समूहकी अध्यक्ष सन्जु तामाङ लगाएत काँग्रेस त्यागेर माओवादी केन्द्र प्रबेश गरेका थिए ।