गौचन हत्याका नाइके विदेशबाट व्यापारीलाई धम्क्याएर रकम उठाउँदै

काठमाडौँ, ९ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका नाइकेहरूले विदेशबाट फोन गरी व्यापारीलाई धम्क्याएर रकम असुलिरहेका छन् । गिरोहका मुख्य नाइके समीरमानसिंह बस्नेत र लोप्साङ लामाले विदेशबाट फोन गरी धम्क्याइरहेको स्रोत बताउँछ । हत्यामा संलग्न सातजना प्रहरी हिरासतमा छन् । उनीहरू सबै घटनाका सहायक अभियुक्त मात्र हुन् । हत्याका मुख्य योजनाकार पक्राउ नपर्दा व्यवसायी थप त्रसित भएका छन् । प्रहरीले योजनाकार समूहका एकजनालाई पनि पक्राउ गरेको छैन ।,आजको नयाँपत्रिमा खबर छ ।

.