पार्टी एकताबाट पछि फर्कने ठाउँ नै छैन, : प्रचण्ड

भरतपुर, ८ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीलाई पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै नभएको बताउनु भएको छ।
हामी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन। पार्टी एकता संयोजन समिति बनाएर मात्र चुनावी तालमेलको छलफल थालेका हौं, भरतपुर(१८ मा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, हामीले पछाडिको पुल भत्काएर अघि बढेका छौं, अब पछि फर्कन खोजे डुबिन्छ। अब कोही पनि एकताबाट भाग्न सक्ने ठाउँ नै छैन। पार्टी एकता भएन भने म, केपीजी, माधवजी लगायतका नेताहरुलाई जनता र कार्यकर्तासामू मूख देखाउन लाज हुन्छ। अब कसैले रोकेर पार्टी एकता रोकिँदैन, तपाईहरु कत्ति पनि भ्रममा नरहनु होला।
म घिसेपिटे तरीकाले कहिल्यै अघि बढिनँ। बिस्तारै बिस्तारै काम गर्ने स्वभाव छैन। आँटेपछि अघि बढ्ने हामी दुवैको चरित्र होू प्रचण्डले भन्नुभयो, ूहाम्रो बीचमा धेरै कुरा मिलिसकेको छ। जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादको बीचबाट नयाँ संश्लेषणमा पुग्छौं। अब हामी हिड्ने शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो हो, समाजवादको बाटो हो। त्यसमा हामी एकमत भएका छौं।

Image may contain: 8 people, people smiling, outdoor

साझा घोषणा पत्र र साझा उम्मेद्वारको निकै ठूलो अर्थ छू प्रचण्डले भन्नुभयो, यो एमाले र माओवादी बीच एकताको सवाल मात्र होइन, राष्ट्रको समृद्धि र स्थिरताको सवाल पनि हो। हाम्रा सन्ततिहरुको भविष्य निर्माण सवाल हो। यसलाई पार्टीगत संकिर्णताभन्दा माथि उठेर हेरौं।

Image may contain: 5 people, people standing

Image may contain: 8 people, people smiling