पुत्रशोकपछि चितवनमा प्रचण्डको घरदैलो सुरु, भन्छन् विकास, समृद्धी र समाजवादको जग हालियो

चितवन, ८ मंसिर । पुत्र शोकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा पुन घरदैलो र चुनाव कार्यक्रम सुरु गरेका छन् ।
पश्चिम चितवनको शिवनगरमा वाइसियल नेपाल र युवा संघ नेपालको चितवन क्षेत्र नं.–३ को संयुक्त भेलालाई उद्धघाटन गर्दै अध्यक्ष प्रचण्डले विकास, समृद्धी र समाजवाद तर्फ लैजाने वामगठबन्धनको सपनाको जग हाल्ने काम सुरु भएको बताए ।
‘हामीले समृद्ध र समाजवाद तर्फ लैजाने प्रयास गरेका छौँ उनले भने । जग हाल्ने काम सुरु भएको छ, अब घर बनाउने काम तपाई युवाहरुको हो ।’
सो अबसरमा प्रचण्ड’ मान्छेलाई खरिद गरेर निष्ठा, आस्था नै परिर्वतन हुन्छ भन्ने कुरा कम्यूनिष्ट आन्दोलनमा सुहाउने कुरा नभएको बताए । ‘पैसाले मान्छे खरिद गरेर राजनिति गर्छु भन्ने गलत हो उनले भने फेरि पनि त्यहि फोहरी खेलमा जाने हो भने कसरी समृद्ध समाजवादको विकास हुन्छ । यस कारण कम्यूनिष्ट आन्दोलनमा यो कुरा सुहाउदैन् । ’
‘सत्तरी वर्षदेखि भूमरिमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै काँधमा आएको छ उनले भने, हामीले नै देशको जिम्मा लिनुपर्छ। कम्युनिष्टहरुको बलियो एकताले मात्र बहुमतको सरकार दिन सक्छ, राजनीतिक स्थिरता दिन सक्छ । अनि, विकास र समृद्धिको नेतृत्व लिन सकिन्छ । अहिले त्यही संकल्पका साथ हामी एकतावद्ध भएका छौं ।’
उनले चितवनलाई ७८ औँ जिल्लाको संज्ञाा दिदै चितवनमा विकास निर्माणको प्रचुर सम्भावना रहेको बताए ।
उनले नारायणी र राप्ती नदीमा तटबन्ध, रिगंरोड, रेल मार्ग समेत जोडर पर्यटनका विविध सम्भावनासगैँ, स्वास्थ्य, शिक्षालाई समेत समेटर मोडल टाउनको रुपमा जिल्लालाई विकास गर्ने आंकाक्षा रहेका बताए ।
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कमरेड मनमोहन अधिकारी, केपी शर्मा ओली र आफूले नेपालमा केही रेकर्ड बनाएको बताउनु भएको छ।
वाइसियल नेपाल र युवा संघ नेपालको चितवन क्षेत्र नं.(३ को संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो।
कार्यक्रममा प्रचण्डले उपभोक्तावादी संस्कृतिको प्रदुषणबाट ग्रसित बनाएर आफ्नो स्वार्थ पूर्ति गर्ने तत्वबाट सचेत रहन युवाहरुलाई आग्रह गरे ।
भेलालाई एमाले चितवन जिल्ला अध्यक्ष तथा क्षेत्र नं.(२ का उम्मेद्वार कृष्णभक्त पोखरेल, माओवादी नेताहरु अमिक शेरचन, नारायण दाहाल, सूर्य सुवेदी, वाइसियलका अध्यक्ष दीपशिखा लगायतले समेत सम्बोधन गरेका थिए ।