चितवनका रेग्मीलाई वेलायतमा अवार्ड

चितवन, ८ मंसिर । १५ वर्ष देखी वेलायत रहँदै आउनु भएका चितवन टाँडीका राजेश रेग्मी “राज”लाई वेलायतमा “योङ विजनेस अवार्ड”ले सम्मानित गरिएको छ ।
यहि साता वेलायतमा रेग्मीलाई सम्मानित गरिएको हो । ठुलो लगानीमा लेक साइड किचेन तथा बार सञ्चालन गर्नुभएका रेग्मीले विविसीमा समेत व्यवसाय प्रवद्र्धनको विषयमा अन्तर्वाता दिनुभइसकेको छ ।
विगत ५÷६ वर्ष देखी व्यापार व्यवसायमा लाग्नुभएका रेग्मीले नेपालीहरुले पनि विश्वमा आफ्नो व्यापार प्रवद्र्धन गर्न सक्ने उदारहण समेत दिन सफल हुनु भएको छ ।
सन १९८२ फेब्रुअरी १७ मा जन्मिनु भएको रेग्मीलाई दक्षिण वेलायतको एरेनामा अवार्ड प्रदान गरिएको थियो ।