चितवनमा बन्द नभएपनि गाडी नचल्दा यात्रु मारमा

 

चितवन, ८ मंसिर । चितवनमा वन्द प्रभाव सामन्य देखिएको छ । जिल्ला सदमुकाम भरतपुरमा अहिले सामान्य रुपमा गाडी चलिरहेको ट्राफिक प्रहरीले बताएको छ । भरतपुर भित्रने र बाहिरिने गाडी भने हिजोअस्तिको भन्दा कम चलेको जनाएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आजका लागि बन्द आह्वान गरेको हल्ला चलेपछि उपत्यकाको सवारी आवागमन प्रभावित बनेको हो । यद्यपि, बन्द आह्वानकर्ता भनिएका विप्लव माओवादी र लेनिन बिष्ट नेतृत्वको पूर्वमाओवादी लडाकु समूहले बिहीबार नै बन्द आह्वान नगरेको विज्ञप्तिमार्फत प्रष्ट पारेका थिए ।बन्द आह्वानकर्ता भनिएकाहरुले नै बन्द नरहेको प्रष्ट पारे पनि हल्लाकै कारण बिहानैदेखि सवारीको चापाचाप हुने भरतपुरका सडकमा न्यून मात्रामा सवारी साधन गुडेका छन् ।
हल्लाको प्रभाव भरतपुरदेखि बाहिर जाने सवारी साधनमा समेत परेको छ ।
माडीलगायात अन्य क्षेत्रमा जाने र आउने गाडीहरु पनि चलेका छैनन् जसले गर्दा यात्रु मारमा परेका छन् निजी सवारी चलेका भए पनि सार्वजनिक सवारी साधन निकै कम चल्दा सार्वजनिक सवारी साधनको भर पर्दै आएका यात्रुहरु बिहानैदेखि मारमा परेका छन् ।