चार दिन देखि ईच्छाकामनाबाट १२ बर्षिय बालक बेपत्ता

चितवन, ८ मंसिर । ईच्छाकामना गाउँपालिका ३ सिस्नेरीका होम बहादुर गुरुङका १२ बर्षिय बालक देव कुमार गुरुङ चार दिन देखि बेपत्ता भएका छन् । गहुँ गोरो अन्दाजी ४ फिट देव्रे आँखामा कोठी भएका गुरुङ गत मंगलबार ५ गते विहान घरबाट हराएका हुन् ।

साथीहरुसंग काठमाडौँ जान्छु भनेको उनका साथीहरुले बताएका छन् । काठमाडौँमा आफन्तहरु कहाँ पनि नपुगेपछि घर परिवार चिन्तित बनेका छन् ।
बेपत्ता बालकको खोजी गरिदिन आफन्तहरुले आग्रह गरेका छन । बेपत्ता बालक माझ गाउँ मावि ईच्छाकामना ३ माझ गाउँमा अध्ययनरत छन् ।

देख्नु हुने महानुभावहरुले बुबा होम बहादुर गुरुङको मोवाईल नम्बर ९८०६६८९१५४ तथा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नु हुने छ ।