देउवा सरकारको योजना र भिजन छैन् : सुरेन्द्र पाण्डे

चितवन, ८ मंसिर ।   नेकपा एमाले स्थायी कमिटिका सदस्य एवम् चितवन निर्वाचन क्षेत्र नः १ का वाम गठवन्धनका उम्मेदवार सुरेन्द्र पाण्डेले ६४ जना मन्त्रीको पल्टन लिएर सरकार बलियो हुने बताएका छन् ।

चुनावी अभियानका क्रममा आयोजित सभालाई सम्वोधन गरेका नेता पाण्डेले देउवा सरकार जस्तो योजना र भिजन नभएको सरकारले जति मन्त्री थपेपनि त्यसको औचित्य नहुने बताए ।

कांग्रेस सभापति देउवालाई देश कसरी बनाउने भन्दापनि कतिपटक प्रधानमन्त्री भएर नेपाली जनताको समय र भविश्य वर्वादपार्ने भन्ने कसरतमा लागेको पाण्डेले आरोप लगाए ।

कांग्रेसले वामपन्थी राजनीतिक शक्तिहरुलाई लोकतन्त्रको पाठ सिकाउन नसुहाउने उनले बताए लोकतन्त्र ल्याउन १४ बर्षसम्म कालकोठरीमा विताएका वामपन्थी नेताहरु अगाडि कांग्रेसले गर्ने गफ फिक्का हुने नेता पाण्डेको भनाई छ ।

अवको निर्वाचनमा वामपन्थी गठवन्धनले दुईतिहाई ल्याएर जनमुखी सरकार निर्माण गरि दीर्घ विकास र सम्वृद्धिमा देश अघि बढाउने नेता पाण्डले दावी गरे ।