काँग्रेसका संस्थापक दधिराम सापकोटाको निधन

चितवन, ८ मंसिर ।  पाली काँग्रेसका संस्थाक नेता दधिराम सापकोटाको निधन भएको छ । उपचारको क्रममा आज विहान चितवन मेडिकल कलेजमा ९३ वर्षको उमेरमा निधन भएको हो ।

प्रजातन्त्रको सेनानी समेत रहेका सापकोटा न्यून रक्तचापको सिकार हुनुभएको थियो । सापकोटाको पार्थिव शरीरमा नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।

सो क्रममा कोईरालाले उहाँको निधनले सच्चा काँग्रेसी र देशभक्त नेता गुमाएको बताउनु भयो ।

सापकोटाको निधनले राष्ट्रलाई र काँग्रेसलाई अतुलनिय क्षती पुगेको बताउनु भयो ।भरतपुर महानगरपालिका–४, लंकु घर भएका सापकोटाको आजै हिन्दु परम्परा अनुसार देवघाटमा अन्त्येष्टी गरिने नेपाली काँग्रेस चितवनले जनाएको छ ।सापकोटाको एक श्रीमती ३ छोरा र दुई छोरी हुनुहुन्छ ।