पुत्रशोकपछि आजदेखि आफ्नो निर्वाचन क्षेत्रको चुनावी अभियानमा प्रचण्ड

मंसिर, ८ चितवन । । पुत्रशोकमा परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजदेखि चुनावी अभियानमा सहभागी हुने भएका छन् ।

छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधन भएपछि चुनावी अभियान स्थगन गरेका प्रचण्ड शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

निर्वाचन क्षेत्रमा चुनावी अभियान बाँकी रहेकाले घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा प्रचण्ड सहभागी हुन लागेको जानकारी उनका प्रेस संयोजक मनहरि तिमिल्सेनाले दिए ।

यसैबीच आज आज मध्यान्न १२ बजे धनगढी स्थित कर्भड हलमा हुने चुनावी सभालार्इ ओली र प्रचण्डले संवोधन गर्नेछन् ।

चुनावी अभियानका क्रममा प्रचण्डकी पत्नी सीता, छोरी रेणुसहित अध्यक्ष दाहाल चितवन जाने बताइएको छ ।