निर्वाचनले आन्तरिक उडानमा यात्रुको चाप, भरतपुरको उडानमा सबै भन्दा बढि चाप

काठमाडौं, ८ मंसिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडानमा चाप परेको छ। देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुगम क्षेत्रको आन्तरिक उडानमा १५ प्रतिशतसम्म चाप बढेको छ। ‘सुगममा उडान भर्ने सबै एयरलाइन्स कम्पनीले पहिलाभन्दा बढी उडान तालिका राखेका छन्, विमानस्थल कार्यालयका प्रवक्ता ठाकुरले भने, ‘ निर्वाचनका लागि उपत्यकाबाहिर जाने यात्रुको संख्या बढेसँगै एयरलाइन्स कम्पनीले उडान तालिकासमेत बढाएका छन्।
पर्यटकीय सिजन अफ हुन लागिसकेको अवस्थामा पनि नजिकिँदै गरेको निर्वाचनले विमानस्थलमा चाप बढेको उनले बताए। सामान्य अवस्थामा त्रिभुवन विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक तीन सय ५० वटा उडान तथा अवतरण हुने गरे पनि अहिले त्यो बढेर चार सय ५० सम्म पुग्ने गरेको छ। निर्वाचनले आन्तरिक उडानमा ३० देखि ३५ प्रतिशतसम्म यात्रु बढेको सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापा बताउँछन्।
‘नारायणगढ(मुग्लिङ सडकखण्डमा देखिएको समस्याकै कारण भरतपुरको उडानमा सबैभन्दा बढी चाप छु, उनले भने, ‘भरतपुरको उडानमा प्रायः सबै एयरलाइन्सको शतप्रतिशत अकुपेन्सी छ।ु भरतपुर जान चाहने यात्रुले तीन÷चार दिनअगावै टिकट लिनुपर्ने अवस्था आएको थापा बताउँछन्। अन्नपूर्ण टे«किङदेखि मुस्ताङ घुमेर आउने पर्यटकका कारण पोखरा( काठमाडौं रुटमा पनि यात्रुको चाप बढे पनि काठमाडौं(पोखरामा भने खासै चाप नदेखिएको थापा बताउँछन्। सिम्रिक एयरलाइन्सले पोखरा, भैरहवा र भरतपुरमा दैनिक उडान गर्दै आएको छ। आजको अन्नपूर्णपोष्टमा खबर छ।