भृकुटी कागज कारखाना राज्यको मातहतमा ल्याउछौँ : पराजुली

नवलपुर, ७ मंसिर । नवलपुर प्रतीनिधी सभा १ का उम्मेद्धार तथा बाम गठबन्धनका नेता भविश्वर पराजुलीले निजीकरण भएको भृकुटी कागज कारखानालाई राज्यको स्वामीत्वमा ल्याईने बताउनुभएको छ । विभिन्न बहानामा बन्द भएको कारखाना र तलब नपाएका पिडित मजदुरलाई तलब दिन पनि भृकुटी कागज कारखाना सञ्चालनमा आउनुपर्ने तर त्यसलाई व्यवस्थीत गरेर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

चुनावी प्रसार प्रचार अभियानका क्रममा रहनुभएका नेता पराजुलीले अन्यायमा परेका मजदुरको रोजीरोटी गुम्न नदिन कारखाना सञ्चालनमा ल्याएर अरु स्थानीयलाई पनि रोजगारी दिन सकिने बताउनुभयो । यस्तै बाम गठबन्धनका नेता कृष्ण पौडेलले नवलपुरको एकमात्र ऐतीहासिक कारखाना बन्द हुँदा नकारात्मक सन्देश बाहिरिएको भन्दै तत्काल यसलाई सञ्चालनमा ल्याउन बाम गठबन्धनको पहल रहेको बताउनुभयो ।
यसैबिच बामगठबन्धनले आज प्रतिनिधी सभा सदस्य उम्मेद्धार भविष्वर पराजुली, प्रदेश सभा क का उम्मेद्धार सुर्य प्रसाद न्यौपाने नेताहरु षडानन्द लामीछाने, दुर्गादत्त ढुंगाना, दुर्गा भुषाल, कृष्ण घिमिरे लगायतको नेतृत्वमा वडा नं १ र २ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । गठबन्धनले भोली वडा नं ५ मा चुनावी घरदैलो अभियानलाई तिव्रता दिने बामगठबन्धनका नेता धनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

Promise Education Consultancy