विकासकालागि काँग्रेसको नेतृत्व आवश्यक : डा कोईराला

गैँडाकोट,७ मंसिर।नेपाली काँग्रेस नवलपुर क्षेत्र नं १ ले आज ३ ठाँउमा प्रचारप्रसार समितिको कार्यलय उद्घाटन गरेको छ । गैँडाकोट नगरपालिका वडा नं ८, देवचुली नगरपालिका वडा नं १४ र १५ मा प्रचारप्रसार समितिको कार्यलय उद्घाटन गरेको हो ।
कार्यलयको उद्घाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री तथा नवलपुर क्षेत्र नं १ का उम्मेद्धार डा. शशांक कोईरालाले अबको पाँच बर्ष आफ्नो पुरै ध्यान यो क्षेत्रको आर्थिक विकास र समृद्धिमा लगाउने वताउनुभयो । कोईरालाले राजनैतिक परिवर्तनको नेतृत्व काँग्रेसले गरेकोले अब आर्थिक समृद्धिको नेतृत्व पनि काँग्रेसले नै गर्न आवश्यक रहेको बताउनुभयो ।
गैडाकोट ८ को कार्यलय उद्घाटन कार्यक्रममा वोल्दै क्षेत्र नं १ प्रदेश क का उम्मेद्धार कृष्णचन्द्र नेपालीले अहिलेसम्मको आर्थिक समुन्नतीको सुत्राधार पनि नेपाली काँग्रेस रहेको दाबी गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभाका समानुपातिक उम्मेद्धार तिलकप्रसाद सापकोटा, नेपाली काँग्रेस जिल्ला सभापति तथा क्षेत्र नं प्रदेशसभा उम्मेद्धार विष्णुप्रसाद लामिछाने, महासमिति सदस्य मोहन परियार लगायतले सम्बोधन गर्दै आफुहरु केहि पाउने लोभले काँग्रेसमा नलागेको देशको रक्षा र विकासकालागि काँग्रेसमा लागेको अनुभब सुनाउनुभयो ।
गैँडाकोट ८ मा १२८ जना र देवचुलीमा ३० जना कार्यकर्ता एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेसका नेता केशवप्रसाद सापकोटाले जानकारी दिनुभयो । यसैबिच नेपाली काँग्रेस नवलपुरले भोली देवचुलीमा वडा नं ९, १० र १२ मा कोणसभा तथा चुनावी सभा गर्दैछ ।