गोरखामा एक बोरा सुतली बम भेटियो

गोरखा, ७ मंसिर । गोरखामा एक बोरा सुतली बम भेटिएको छ । गोरखाको सिरानचोक गाउँपालिका ७ श्रीनाथकोटको पाण्डे गाउँस्थित गणेश पाण्डेको घरमा एक बोरा सुतली बम भेटिएको हो।
भत्किएको घरभित्र रहेको बोरामा तारसहित शंकास्पद बस्तु देखेपछि स्थानीयले बिहिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए।
पूराना भाँडा गालेर मुर्ति बनाउने क्रममा मधेशी मूलका ब्यक्तिहरुले बोरामा राखिएको बम फेला पारेको प्रहरीले जनाएको छ।
सो बम नेपाली सेनाको टोलीले शुक्रबार निस्कृय बनाउने प्रहरीले जनाएको छ।