नि:शुल्क आखा शिविर

चितवन, ७ मंसिर । पछिल्लो समय विद्यार्थीहरुमा आखाको समस्या देखिन थाले पछि विद्यालयले एक दिने निशुल्क आखा शिविर गरेको छ ।

आज मदर ल्यान्ड एकेडमी, लायन्स क्लब अफ चितवन पर्सा र लियो क्लब अफ चितवन पर्साको संयुक्त्त आयोजनामा खैरहनी नगरपालिका वडा नम्बर ८ को मदर ल्यान्ड एकेडेमीको प्रांगणमा आखा शिबिर गरिएको हो ।

नेत्र ज्योति आखा अस्पतालका डा. दिपेश सुवेदीको नेतृत्वमा विद्यार्थी तथा शिक्षक गरि ५ सय भन्दा बढीले आखा जाच गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा लायन अमृत मल्ल र विशिष्ट अतिथीको रुपमा लायन गणेश मल्ल रहनु भएको थियो ।

लियो रुपेश भट्टले सन्चालन गर्नु भएको कार्यक्रम लियो अन्जन चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।