प्राज्ञिक विद्यार्थी परिषद्ले मतदाता जागरण अभियान चलाउने

चितवन, ७ मंसिर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल केन्द्रीय कार्यालयले देशभरी नै राष्ट्रि मतदाता जागरण अभियान सुरु गर्ने भएको छ ।

परिषद्को शाखा कार्यालय गैंडाकोटले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाताको सहभागिता उल्लेख्य गराउन न बदर मतको संख्या घटाउनको लागि मतदाता जागरण अभियान सुरु गर्न लागेको जनाएको छ । स्वयम्सेवी संस्थाको रुपमा २०५४ सालमा स्थापना भएको परिषद्ले देशभरी नै आफ्ना सदस्यहरुलाई तालिम दिएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । परिषद्का केन्द्रीय उपाध्यक्ष डाक्टर गोपिनाथ कंडेलले लोकतन्त्रको मूल्य र मान्यताको रक्षा एवम् देशको समृद्धिका लागि प्रदेश एवम् प्रतिनिधिसभा महत्वपूर्ण बनोस् भनेर आफूहरुले स्वयम्सेवी रुपमा मतदाता जागरण कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो ।

जिल्लाका हरेक क्याम्पस तथा नगरमा रहेको एकाइका विद्यार्थीहरुलाई शुक्रबार मदतान गर्ने सहि तरिकाको जानकारी दिएपछि शनिबारदेखि नगर र गाउँको चोक चोकमा पुगेर विद्यार्थीहरुले मतदातालाई मतदान गर्ने तरिका सिकाउने नगर विद्यार्थी विस्तारक प्रकाश शर्माले बताउनुभयो ।

.