सौराहाको विकासको लागि पर्यटन पूर्वाधार निर्माण : उम्मेदवार खनाल

चितवन, ७ मंसिर । चितवन क्षेत्र नं.१ प्रदेश सभा(ख)का उम्मेदवार कृष्णप्रसाद खनालले सौराहाको पर्यटन विकासको लागि पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाएका छन । चुनावी अभियानका क्रममा सौराहामा आयोजना गरिएको कोणसभामा उनले सौराहालाई मुलुकको प्रमुख पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार आवश्यक रहेको भन्दै ति सबै काम गर्न आफु प्रतिबद्ध रहेको बताए ।

सौराहामा अन्र्तराष्ट्रिय सभाहल निर्माणको काम सुरु भईसकेको भन्दै उनले त्यसले छिट्टै पूर्णता पाउने बताए । उनले लोथर देखि सौराहा सम्म पर्यटन मार्ग निर्माणको काम समेत सुुरु भईसकेको बताए । सौराहालाई आवश्यक पर्ने सबै पूर्वाधार निर्माण गर्न म तयार छु उनले भने यो अबसर सौराहाका व्यवसायीहरुले मलाई प्रदान गर्नूहोस ।

उनले सौराहालाई बाढीको जोखिमबाट जोगाउन राप्ती नदिमा बलियो तटबन्धन गर्ने प्रतिबद्धता जनाए । साउनको अन्तिम साता आएको बाढीले सौराहालाई तहस नहस गरेको भन्दै उनले अब त्यस्तो अबस्था आउन नदिने बताए ।

कार्यक्रममा समानुपातिक उम्मेदवार कञ्चन खनालले विकासको हिसावले देशलाई शिखरमा पुर्याउन बाम गठबन्धनको जीत अनिवार्य रहेको बताए । उनले स्थायी सरकार बनाएर मुलुकलाई निकास दिन एमाले र माओवादी केन्द्रको चुनावी तालमेल भएको भन्दै उनले बामपन्थीलाई जनमत दिन मतदातासंग आग्रह गरिने । मंगलबार मात्र काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका त्रिलोचन निर्मल पौडेलले नौराहालाई पहिलो पर्यटकीय गन्तव्य बनाउन बाम गठबन्धनका उम्मेदवारहरुलाई भोट दिएर जिताउन सौराहाका व्यवसायीहरुलाई आग्रह गरे ।

ययैबीच प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे,प्रदेश सभा सदस्यका उम्मेदवार कृष्ण खनाल र समानुपातिक उम्मेदवार कञ्चन खनालले विहीबार वडा नं.७ का जनतासंग भोट मागेका छन । उम्मेदवारहरुले पडेरियाबाट घरदैदलो सुुरु गरी,सिसुवार,मलपुर,मैनाहा,सौराहा,ओद्रा,बोद्रहनीका जनतासंघ घरदैलो गरी भोट मागेको एमालेकी विन्दा कार्कीले जानकारी दिईन ।

 

.