मकवानपुरका ७० निर्वाचन केन्द्र संवेदनशील, ५ अति संवेदनशील

विपना चौँलागाई
हेटौँडा,७ मंसिर  ।  मकवानपुरमा रहेको १ सय ७४ वटा निर्वाचन स्थालहरु मध्ये ५ वटा निर्वाचन स्थल अति संवेदनशिल रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले दिएको जानकारी अनुसार मकवानपुरका ७० वटा निर्वाचन स्थल संवेदनशील क्षेत्रमा रहेका छन् । संवेदनशील तथा अति संवेदनशील निर्वाचन क्षेत्रहरु गाउँपालिका क्षेत्रमा रहेको उनले बताए । ति क्षेत्रहरुमा आफुहरुले विषेश सुरक्षा रणनीति अवलम्वन गरेको बुढाको भनाई रहेको छ । निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नको लागि आफु लागिपरेको बताउँदै बुढाले मकवानपुरमा हालसम्म निर्वाचनको गतिविधि शान्तिपूर्ण रहेको समेत जानकारी दिए ।
मकवानपुरमा १ सय ७४ निर्वाचन स्थलहरुमा ३ सय २४ निर्वाचन केन्द्रहरु रहेका छन् ।