चितवनमा तरकारीको मुल्यमा मनपरी, ४ व्यवसायी पक्राउ (फोटोसहित)

चितवन, मंसिर ७ । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढको तरकारी बजार र आलु बजारको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा चर्को मुल्य लिने, खरिद बिल नभएका र व्यवसाय दर्ता विना नै सञ्चालन गरेको ४ जना व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै किसान लिएकोको मुल्य भन्दा चौ गुण बढी मुल्य लिएर बिक्रि वितरण गरेको समेत भेटिएको थियो ।

बजार एकाएक रुपमा मुल्य वृद्धि भएपछि प्रशासनको पहलमा अनुगमन गरिएको हो ।
आलु बजारमा होलसेल पसल सञ्चालन गरी व्यापार गर्दै आएका ओम शिव स्टोर्सका सन्चालक पवन गुप्ता, शिवशंक्ती स्टोर्सका सन्चालक पशुराम कुमार चौहान तरकारी बजारमा होटल सन्चालन गरेकी आशमाया राना मगर र प्रकृति भेजिटेवल सप्लार्यसका सञ्चालक भक्ती राम खरेललाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मध्य पर्शुराम कुमार चौहान र भक्ती राम खरेलले खरिद बिल देखाउन नसकेकाले नियन्त्रणमा लिएको र आशमाया रानामगर र पवन गुप्ताले दर्ता विना नै ब्यवसाय गरेको पाईएकाले नियन्त्रणमा लिईएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओम नारायण शर्माले बताउनुभो ।
किसानकहाबाट सस्तोमा तरकारी खरिद गरी ब्यवसायीले महंगोमा बिक्री गर्ने गरेको अनुगमनका क्रममा भेटिएको र त्यस्ता ब्यवसायीलाई कारबार्ही गर्नका लागी थप प्रमाण संकलन गर्ने काम भएको जिल्ला कृषि बिकास कार्यालय चितवनका कृषि बिज्ञ रामराजा पौडेलले बताउनु भयो ।
बिगतको वर्ष पनि अनुगमन गरि मुल्य सुचीटास गर्नका साथै खरिद र बिक्री बिल चुस्त राख्नका लागी आग्रह गरिएको भएपनि ब्यवसायीले अटेर गर्ने गरेको पाईएकाले अव कम्जोरी देखिएका ब्यवसायीलाई कार्वाही गर्नु पर्ने उहाको भनाई छ ।
पटक पटक माफि दिदा ब्यवसायीले लाउ पाएको र त्यही बाहानामा उपभोक्ता ठगिने गरेको उहाले बताउनु भयो । कारबार्ही गर्ने निकाय मौन बस्दा दोशीहरु उम्किएको उहाको दुखेसो छ ।
ब्यवसायीले किसानकोबाट निकै सस्तोमा खरिद गर्ने अनि बिक्री बिल समेत नकाटी मन्लाग्दी तवरले बिक्री गर्ने गरेको भेटिएकाले कडा भन्दा कडा कारबार्ही गर्नु पर्ने उपभोक्ता अधिकार संरक्षण मन्चका उपाध्यक्ष बिष्णु भुषालले बताउनु भयो ।
ब्यवसायीलार्य ब्यवसाय दर्ता गरी ब्यवसाय गर्न र खरिद तथा बिक्री बिल लिन र दिन पटक पटक आग्रह गरीएको र आगामी दिनमा कम्जोरी सुधार्दै अगाढी बढ्ने फलफुल तथा तरकारी थोक ब्यवसायी संघका अध्यक्ष थिर प्रसाद धितालले बताउनु भयो । तरकारी बजारमा मुल्य समायोजनका बिषयमा आफुहरुले प्रयास थालेको उहाको भनाई छ ।
त्यस्तै टोलीले भरतपुर अस्पताल अगाढी अस्पतालको सटरमा सन्चालनमा रहेको पसलको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा ब्यवसायीले सतप्रतिशत नाफा खाएर सामामन बिक्री गरी बिरामीहरु माथी ठगि गर्ने गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरिक्षक प्रबिण तीवारीले बताउनु भयो । अस्पतालका बिरामी र उनका आफन्तका लागी लक्षित गरी सन्चालनमा आएको पसलले उनिहरुमाथी ठुलो ठगी गरेको भेटिएको उहाको भनाई छ । उसको सामान खरिद र बिक्री बिल लिएको र त्यसको आधारमा कालोबजारी एन अन्त्रगत कारबार्ही हुने उहा बताउनु हुन्छ ।

 

Promise Education Consultancy