जनप्रतिनिधिको एजेन्डा कागज मै सिमित, दल भरिएर बजार नै दुर्गन्धित हुँदा समेत भरतपुर महानगर रमिते

चितवन , मंसिर ०७ । स्थानीय तहको निर्वाचनका समयमा विभिन्न दलका उम्मेदवारहरूले भरतपुर–नारायणगढ क्षेत्रलाई सुन्दर, शान्त, हरियाली र पूर्ण सरसफाइयुक्त बजार बनाउने मुख्य एजेन्डा बनाए ।

तर, स्थानीय जनप्रतिनिधि आएको यतिका समय बितिसक्दासमेत न नगर क्षेत्रमा सरसफाइ हुन सक्यो , न त, ल्याएको एजेन्डा नै पूरा हुन सक्यो ? विशेषगरी नारायणगढ बजारको शहिदचोकदेखि बेलचोकसम्मको सडक छेउछेउमा ढल भरिएर बजार नै दुर्गन्धित हुँदा समेत जनप्रतिनिधि बेखबर बनेका छन् ।

फोहोर बढेर सडकमै दुर्गन्ध फैलिएपनि गैरजिम्मेवार बन्ने गरेको आरोप स्थानीयको छ । हामीले महिनैपिच्छे महानगरपालिकाले तोकेको सरसफाइ को शुल्क समेत बुझाउदै आएका छौँ । तर, सरसफाइको कुनै नाम नै लिदैनन् । शुल्क उठाएर पनि व्यापारीहरू दुर्गन्धले आजित बनेका छन् । उनीहरू दिनभर नाक थुनेर बस्नुपरेको छ । तर, त्यसतर्फ स्थानीय जनप्रतिनिधिको ध्यान समेत पुगेको पाइदैन ।

जसकारण , महानगरपालिका नै दुर्गन्धित बन्दै गएको छ भने, व्यवसायीहरू पनि आ- आफ्नो व्यवसाय नै बन्द गरेर बस्न बाध्य भएका छन् । यहाँको संगम मार्गस्थित प्रतिक भेट फर्मा दुर्गन्धकै कारण पाँच दिनदेखि उक्त पसल बन्द अवस्थामा रहेकोे पाइएको छ ।

फर्माका सञ्चालक धनलाल श्रेष्ठले भने , ‘दुई चार पैसाको आम्दानीको नाममा आफैं हस्पिटल गएर बस्नुपर्ने स्थिति आएपछि पसल बन्द नगरी सुखै पाइएन , उनलेे भने जबसम्म महानगरपालिकाले सफाई गर्दैनन् , तबसम्म पसल नखोल्ने अडानमा उहाँ हुनुहुन्छ ।

उसो, त आफ्नै घर अगाडि ढल भरिएर सास फेर्नै नसक्ने गरी गन्हाउँदा पनि घरधनीहरूले जिम्मेवार नदेखाएको स्थानीय बताउँछ । उनीहरुका अनुसार घर धनीहरुले साँझ परेपछि शौचालयको फोहोर समेत मोटर लगाएर त्यही ढलमा मिसाउने गरेको आरोप लगाए । यस बिषयमा वडा अध्यक्षलाई पनि पटक–पटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको स्थानीय ब्याबसायीहरु बताउँछन् ।

उनीहरुका अनुसार वर्डा अध्यक्षलाई जानकारी गराउदा भोली भोली भन्दै झुलाउने गरेको गुनासो गरे । त्यस्तै,भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष चन्द्रमित्र पण्डितले पनि आफुहरुको गुनासो सुन्न तयार नभएको स्थानीय ब्याबसायीहरु बताउँछन् ।

यस बिषयमा उनी सित बुझ्दा खबरमा कुनै सत्यता नभएको प्रतिक्रिया दिदै सरसफाइ गर्नेपर्ने कर्तव्य स्थानीय तहको भए पनि अहिलेसम्म जनप्रतिनिधिहरूले काम गर्नै नपाएको बताए ।

यस विषयमा भरतपुर महानगरपालिका सँग बुझ्दा महानगरपालिकाले पनि नगर परिषद् गर्नै नभ्याएकोले सुरूवाती चरणको काम थाल्न कठिनाई भएको बताउँछ । महानगरपालिकाकी उपमेयर पार्वती शाही सित प्रतिक्रिया लिदा उनलेे भनिन्, ‘हामीले गर्ने पहिलो काम नै ढल सरसफाइ हो । तर, नगर विभिन्न चाडपर्व र अहिलेको निर्वाचनले गर्दा हामीले परिषद् गर्न सकेका छैनौँ । जसले गर्दा हरेक काममा सुस्तता आएकै हो ।’