चितवनमा कर दिवसमा नारायणी अस्पताल र बिजय लघुबित्त सम्मानीत

चितवन, ७ मंसिर । चितवन र नवलपरासीका अधिकतम आय कर तिर्ने एक/एक वटा व्यवसायीक फम सम्मानित भएका छन् ।
आन्तरिक राजस्व कार्यालय भरतपुरले छैठौ राष्ट्रिय कर दिवस २०७४ को अवसरमा चितवन र नवलपरासीका अधिकतम आय कर तिर्ने एक/एक वटा व्यवसायीक फमलाई आज सम्मान गरेका हो ।
कर सप्ताहाको समापन समारोहमा चितवनको भरतपुरमा रहेको नारायणी सामुदायीक हस्पिटल र नवलपरासीको गैंडाकोटमा रहेको बिजय लघुबित्त संस्था लि. लाई सम्मान गरिएको हो ।
आन्तरीक राजश्व कायलय भरतपुरका प्रमुख थान प्रसाद पंज्ञानी, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम लगाएतका अतिथिहरुले सामुदायीक हस्पिटलका उपाध्यक्ष चुणामणी खनाल र लघुबित्तका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्साललाई प्रसंशा पत्र, फुलमालाले संस्थागत रुपमा सम्मान गर्नु भएको थियो । सम्मानीत भए पछि खनालले आफ्नो संस्था तेस्रो पटक सम्मानीत भएको बताउनु भयो । लम्सालले कर तिर्नेहरुका लागि उत्प्रेरणा बढेको बताउनु भयो ।


नारायणी सामुदायीक हस्पिटल चितवनका शिक्षा र स्वास्थ्य क्षेत्रमा लागेका अनुभबि व्यवसायीहरुले नेतृत्व गरेको संस्था हो भने बिजय लघुबित्त गैंडाकोटको बिजय बिकास स्रोत केन्द्रले प्रबद्र्धन गरेको संस्था हो । सो अबसरमा कार्यालयमा उत्कृष्ठ काम गरेको भन्दै नायब सुब्बा भूबन खतिवडालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा कार्यालयका प्रमुख पंज्ञानीले बलियो अर्थतन्त्रका लागि कर संकलन गर्नु पर्ने बताउँदै सरकारी र निजि क्षेत्रको सहकार्यमा मात्र कर संकलन हुने बताउनु भयो । नितिगत समस्याहरुको सुधार गर्दै आउँदा दिनमा कर प्रणाली सहज बन्दै जाने बिश्वास उहाँले दिलाउनु भयो ।
उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले निजि क्षेत्र प्रतिस्पर्धि नभएर कर संकलनमा सहयोगि भएको भन्दै नितिगत अफ्ठ्याराहरु सल्टाउनु पर्ने बताउनु भयो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख होम प्रसाद घिमिरे, अडिटर एशोसियशन अफ नेपाल चितवनका अध्यक्ष देबी प्रसाद डल्लाकोटी लगाएतले कर प्रणालीका बिषयमा बोल्नु भएको थियो ।
मंसिर १ गते प्रभात फेरी गरेर सुरु गरिएको कर दिवस मंसिर २ गते सरसफाई कार्यक्रम, ३ गते उद्योग बाणिज्य संघ गैडाकोटमा करदाता शिक्षा कार्यक्रम, ४ गते उद्योग बाणिज्य संग रत्ननगरमा अन्तरक्रिया कार्यक्रम , ५ गते उद्योग बाणिज्य संग कावासोतीमा करदाता शिक्षा कार्यक्रम र ६ गते उद्योग बाणिज्य संग खैरहनीमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । यस कार्यालयले चितवन र नवलपुर क्षेत्र हेर्दै आएको छ । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालु आर्थीक वर्षमा कार्यालयले १९ अर्व ७४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । कार्तीक मसान्त सम्ममा ६ अर्व ५८ करोड ८ लाख ३७ हजार रुपैंया राजस्व संकलन गरेको कार्यालयका कर अधिकृत डिल्लीराम पौडेलले बताउनु भयो ।