मंसिर १० गते जीवन फेर्नै चुनाव हो : श्रेष्ठ

राजेन्द्र न्यौपाने
गोरखा, ७ मंसीर । गोरखा निर्वाचन क्षेत्र नं. २ का साझा उम्मेदवार नारायणकाजी श्रेष्ठले मंसिर १० गतेको चुनाव सामान्य चुनाव नभएको बताउँदै यो आम नेपालीको जीवन फेर्ने चुनाव भएको बताएका छन् । गोरखाको गोरखा नगरपालिका वडा नं। १२ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै श्रेष्ठले भने ःविकास र समृद्धिका लागि, नयाँ जीवन पाउन, जनताको जीवन फेर्ने चुनाव हो, यस अघि भएको चुनाव संविधानसभाबाट संविधान निर्माणका लागि थियो । अहिले संविधान निर्माण भएको छ अव आमूल परिर्वतनका लागि यो चुनाव हुँदैछ ।
कम्युनिष्ट शक्ति गरिव उत्पीडितको जीवन फेर्न चाहन्छ । क्रान्तिकारी आन्दोलनमा सक्रिय सहयोग जसरी गर्नुभयो त्यसरी नै मंसिर १० को निर्वाचनमा सहयोग गर्नुहोस त्यसपछिका ५ वर्षमा देशमा चमत्कार हुनेछ । शिक्षा, स्वास्थ्य, खानेपानीरु बाटो, विजुली लगायतका विकासका पूर्वाधारहरु दु्रत गतिमा अगाडि बढाईने छ । गोरखाको सुलिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले सो कुरा बताएका हुन् । ५०।६० डिग्रीको तापक्रममा विदेशी भूमिमा पसिना बगाईरहेका दाजुभाई दिदीवहिनीहरुलाई नेपालमा नै रोजगार प्रदान गर्ने चुनाव भएको नेत श्रेष्ठको भनाई छ ।
विपक्षीहरुले भ्रमु, प्रलोभनमा पारेर आतंक सिर्जना गर्न सक्ने भन्दै डर, धाक, धम्कीबाट कत्तिपनि भयभित नहुन उनले आम गोरखावासीलाई आग्रह गरेका छन् । मंसीर १० को चुनाव आम शोषित, पीडित जनताको भाग्यको फैसला गर्ने दिन भएको श्रेष्ठको भनाई छ । हामीले नै सरकारमा लगेर अर्थमन्त्री र प्रधानमन्त्री बनाएको मान्छे काँग्रेससँग घाँटी जोडेर कम्युनिष्ट सरकार बन्न नदिन लागिपरेका छन् भन्दै यस्ता अवसरवाद, मौकावादर व्यक्तिवादलाई समर्थन गर्ने स्थिति गोरखावासी सामु नरहेको बताए । एउटा व्यक्तिको कुनै महत्व छैन । सरकार बनाउन कम्युनिष्टहरुलाई मत दिने हो । नयाँ शक्ति भन्ने पार्टी मंसिर १० पछि नरहने उनले जिकिर गरे । गोरखाको एउटा कुनाका २,४ जना लागेर पार्टी नबन्ने उनको भनाई थियो । विकास निर्माण काँग्रेस, कम्युनिष्ट सबैलाई एकै छ, कम्युनिष्ट सरकारको विरुद्धमा लाग्दा अपराध हुन्छ, गोरखालाई कम्युनिष्टको लाल किल्ला बनाई राख्न बाम गठबन्धनलाई भोट दिएर विजयी गराउन हार्दिक अपिल गर्दछु उनले भने । कार्यक्रममा नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता भक्त बहादुर कुमाल काँग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थियो।
नेकपा एमालेका पूर्व सचिव बाबुराम थापाले काँग्रेसले जित्दा हिँजो विद्यालयका बालबालिकाहरु समेत आतंकित भएको भन्दै काँगेससँग घाँटी जोडेर अघि बढेका बाबुराम भट्टराईलाई भोट दिदा गोरखालीहरुले शान्तिसँग बस्न नपाउने बताए । बाबुराम काँग्रेसको बन्दुकको बलमा चुनाव जित्न चाहेकाले सबै सचेत भई अघि बढ्नुपर्ने बताए ।