सम्पूर्ण दिदी बहिनीहरुको साझा उम्मेदवार हुँ : नहर्की

राजेन्द्र न्यौपाने
गोरखा,७ मंसीर । बामपन्थी उम्मेदवारहरुको एक मात्र साझा महिला उम्मेदवार कमला नहर्कीले आफू बामपन्थीको मात्र साझा उम्मेदवार नभै महिला दिदी बहिनीहरुको समेत साझा उम्मेदवार भएको बताएकी छन् । जिल्लाको च्याङ्ली माझी गाउँमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले प्रत्यक्ष महिला उम्मेदवार पाएकोमा महिला दिदी बहिनीहरुले गर्भ गर्नुपर्ने बताईन । आफूलाई अत्यधिक मतले विजयी गराउन नहर्कीले आग्रह गरेकी छन् । सबै वर्ग, जातजाति, भाषा, धर्म, लिङ्ग, क्षेत्रको साझा उम्मेदवारको रुपमा नहर्की रहेको र उनी आफू सदैव जनतको सेवामा समर्पित रहने बताएकी हुन ।
सरल स्वभावकी नहर्की गोरखाली महिला दिदीवहिनीहरु वीच लोकप्रिय रहँदै आएकी छन् । २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेकी नहर्की गोरखा देउरालीकी स्थायी बासिन्दा हुन् । जनमुक्ति सेना नेपालबाट अवकाश रोजेर आएकी नहर्की जिल्लामा रहेका विकास निर्माण देखि न्यायसम्पादनका कुरामा दख्खल रहेको जानकारहरु बताउँछन् । यतिवेला निर्वाचन भईरहेका प्रदेश नं। ४ का ६ जिल्ला मध्ये प्रत्यक्ष तर्फबाट निर्वाचन लड्ने उनी एक्ली महिला समेत हुन् । आधा आकाश आधा धर्ती ओगट्ने नारी त्यसमा पछि साहसी कमलाको जीतलाई कसैले छेक्न नसक्ने गोरखा निर्वाचन क्षेत्र नं। २ का महिलाहरुको दावी छ ।