कांग्रेससँग पाँच दशक लामो नाता तोडेका पौडेलले भने : ‘बाँचुन्जेल राजनीति गर्छु’

 

 

चितवन,  ७ मंसिर   । त्रिलोचन निर्मल पौडेल नेपाली कांग्रेसमा लामो इतिहास बोकेका नेता हुन् । कांग्रेसलाई लोकप्रिय पार्टीको रुपमा स्थापित गर्न उनको ठूलै भूमिका रहेको छ । २०२४ सालदेखि कांग्रेसमा सक्रिय राजनीति गरेका पौडेल भातृ संगठन र जिल्ला हँुदै केन्द्रसम्ममा पार्टीले दिएको जिम्मेवारी पूरा गरे । उनको कुसल कार्यक्षमताका कारण कांग्रेसले राजनीतिमा ठूलै फड्को मार्न सफल भयो, आजको चितवनपोष्ट दैनिकमा खबर छ ।

पौडेल जस्ता पुराना नेताहरुको अथक प्रयासका कारण अहिले पनि नेपाली कांग्रेस राजनीतिक वृत्तमा अग्रस्थानमा रहेको छ । जेलनेलसँगै पार्टीको संगठन विस्तारको काममा अग्रणी भूमिका निर्वाह गर्दै आएका रत्ननगर–११ जिरौना निवासी पौडेललाई कांग्रेसको पछिल्लो गतिविधि चित्त बुझेन । खासगरी निर्वाचनमा उम्मेदवार बनाउने विषयले कांगेसप्रति उनको मन भाँचियो ।
नाता, कुटुम्व, पैसावाललाई निर्वाचनमा टिकट दिएर कांग्रेसले पार्टीमा लामो समयसम्म संघर्ष गरेका व्यक्तिलाई पाखा लगाउने काम गरेको कारण उनलाई कांग्रेसमा बस्नै मन लागेन । सोही कारण उनले काँग्रेससँगको ५० वर्ष लामो इतिहास तोडेर मंसिर ५ गते मंगलबार एमालेमा प्रवेश गरे । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी भरतपुरमा वाम गठबन्धनले आयोजना गरिएको आमसभामा भाषण नै गरेर उनी एमालेमा प्रवेश गरेको उद्घोष गरे । पौडेल कसैलाई थाहा नदिई एमालेमा प्रवेश गरेपछि कांग्रेस भित्र हलचल मच्चियो ।
निर्वाचनको मुखकै आएर रत्ननगरमा राम्रो प्रभाव भएका पौडेलले कांग्रेस छाडेपछि चर्चापरिचर्चा सुरू भएको छ । पौडेलका विषयमा चोक र चियापसलमा चर्चा परिचर्चा हुन थाल्यो । कसैले अवसर नपाएर एमालेमा गयो भने त कसैले सही बाटो रोजे भनेर पौडेलको तरिफ गर्न थाले । तर, पौडेलले बिना सर्त एमालेमा प्रवेश गरेको बताए । बुधबार पत्रकारसँग कुरा गर्दै पौडेलले राष्ट्रियताको विषयमा कांग्रेस कमजोर भएकाले उ सँगको ५० वर्षको लामो इतिहास तोड्न बाध्य भएको बताए ।
एमालेमा केही पाउँछु भनेर आएको होइन उनले भने, ‘कांग्रेसका अराजनीतिक क्रियाकलापले उकुसमुकुस भएर कांग्रेसबाट मुक्त भएको हूँ ।’ स्थानीय निर्वाचनमा पनि उनले मेयरमा निर्वाचन लड्ने इच्छा व्यक्त गरे । मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नंं.१ प्रदेश (ख) का उनी मुख्य दाबेदार थिए । पांैडेलले टिकट पाउने लगभग निश्चित भएको थियो । तर, जिल्ला र नगरस्तरका नेताहरुकै कारण कांग्रेसले पौडेललाई टिकट दिएन । ५० वर्षसम्म पार्टीलाई मजबुत बनाउन भूमिका खेलेका पौडेलले प्रदेशसभामा समेत टिकत नपाएपछि पार्टीप्रति उनको विश्वास म¥यो । कांग्रेसले नाता, कुटुम्व, पैसावाल, गुण्डा, अराजक र तस्करहरुलाई अंगालेर हामी जस्तालाई पाखा लगाउने काम ग¥यो उनले भने, ‘अब कांग्रेसमा बस्नुको अर्थ छैन ।’ ‘कांग्रेस छोड्दा उनलाई पछुतो लागेको छैन । अब मुक्ति पाएँ’ उनले भने, ‘अब स्वाभिमानका साथ राजनीतिका सक्रिय हुन्छु ।’
जीवनको ६५ बसन्त पार गरिसकेका पौडेलले बाँचुन्जेल राजनीतिमा सक्रिय हुने बताएका छन् । राष्ट्रियताको विषयमा एमालेले लिएको अडान उनलाई चित्त बुझ्यो । त्यही भएर उनी निसंकोच एमालेमा प्रवेश गरे । ‘नाकाबन्दीको एमाले डटेर सामना ग¥यो’ उनले भने, ‘त्यो राष्ट्रियताको अडान थियो ।’ उनले आर्थिक र सामाजिक विकासमा केन्द्रित भएर राजनीतिमा सक्रिय हुने बताए । २०२४ सालमा विद्यार्थीको नेपाल मावि इकाइ सचिवबाट कांग्रेसको राजनीति सुरू गरेका उनी कांग्रेसको क्षेत्रीय सभापति, जिल्ला कार्यसमिति सदस्य, जिल्ला सहसचिव, सचिव हँुदै २०५६ सालमा नेपाली कांग्रेस चितवनका उपसभापति समेत भए । उनी हाल नेपाली कांगे्रस निकटको नेपाल प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय सदस्य हुन् । पार्टी भूमिगत हुँदा २०२९ सालदेखि तीन पटक जेल परेका छन् भने कांग्रेसको सक्रिय कार्यकर्ता भएकै कारण घर तोडफोड र परिवारले यातना सहनु परेको थियो । २०३४ सालमा राजकाज अपराध ऐनअन्तर्गत मुद्दा परेर भारतको बनारसमा निर्वासित जीवन बिताएका पौडेल २०३६ सालमा आममाफी पाएर छुटेका थिए ।