विवेकशील साझा पार्टीको आमसभा आज चितवनमा हुँदै

चितवन,७ मंसिर। विवेकशील साझा पार्टी चितवनले आज भरतपुरमा आमसभाको आयोजना गर्दैछ ।आसन्न प्रतिनिधि सभा र प्रदेश सभको निर्वाचनलाई लक्षित गर्दै चुनावी आमसभा गर्न लागेको हो ।

आमसभा भरतपुरस्थित केन्द्रीय बस टर्मिनल अगाडिको चौरमा दिउँसो ४ बजेबाट हुनेछ । आसभामा पार्टीकी केन्द्रीय सदस्य युवा नेतृ रन्जु दर्शना, केन्द्रीय सदस्य गोविन्द नारायणलगायतका चितवनका उम्मेद्वारहरुले सम्बोधन गर्ने आयोजक विवकेशील साझा पार्टीले जनाएको छ

Promise Education Consultancy