यी हुन् १२ क्षेत्रका महिलाका कडा प्रतिस्पर्धी

काठमाडौँ, ७ मंसिर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने( निर्वाचनमा पार्टीबाट बल्लतल्ल टिकट प्राप्त गरेका महिलाको अधिकांश प्रतिस्पर्धा बलियो प्रतिस्पर्धीसित हुँदैछ ।

(सुनसरी ३ मा वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले)बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फका उम्मेदवार भगवती चौधरी एक हुनुहुन्छ । चौधरीको फोरम लोकतान्त्रिकबाट काँग्रेसमा प्रवेश गर्नुभएका विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा हुँदैछ ।

(उदयपुर १ मा एमालेकै तर्फबाट वाम गठबन्धनको उम्मेदवार मञ्जुकुमारी चौधरीले नेपाली काँंग्रेसका नेता डा। नारायण खड्कासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

(स्याङ्जा २ मा वामगठबन्धनको तर्फबाट एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले उपप्रधान तथा शिक्षा मन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

(माओवादी केन्द्रका प्रवक्ता रहनुभएकी पम्फा भुसालले ललितपुर ३ मा नेपाली काँग्रेसका मदनबहादुर अमात्यलाई टक्कर दिँदै हुनुहुन्छ ।

(बाग्लुङ १ बाट नेपाली काँग्रेसका उम्मेदवार चम्पादेवी खड्काले वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका सूर्यप्रसाद पाठकलाई टक्कर दिइरहनु भएको छ ।

(कैलाली ५ मा काँग्रेसबाट डा। आरजु राणाले वाम गठबन्धनका तर्फबाट ९एमाले० का नारदमुनि रानासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

(कैलाली १ मा काँग्रेसकी ईश्वरी न्यौपाने र एमालेकै मदनकुमारी शाहबीच प्रतिस्पर्धा छ ।

(माओवादीका तर्फबाट वाम गठबन्धनको उम्मेदवार उर्मिला अर्यालले पर्सा ४ मा नेपाली काँग्रेसका नेता रमेश रिजाल र राष्ट्रिय जनता पार्टी ९राजपा० का नेता लक्ष्मणलाल कर्णलाई टक्कर दिइरहनुभएको छ ।

(माओवादीबाट कञ्चनपुर १ मा उम्मेदवार बन्नुभएकी विना मगरकाँग्रेसका दिवानसिंह विष्टलाई टक्कर दिइरहनु भएको छ ।

(रुकुम ९पूर्व०बाट उम्मेदवार कमला रोकाकाँग्रेसका शशीशङ्कर रोका मगरसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।

(खोटाङबाट काँग्रेसका उम्मेदवार सरस्वती बजिमयवाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार विशाल भट्टराईसँग कडा प्रतिस्पर्धामा हुनुहुन्छ ।

(तेह्रथुममा काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी केन्द्रीय सदस्य सीता गुरुङले संविधान सभामा निर्वाचित एमालेका भवानी खापुङलाई टक्कर दिइरहनु भएको छ ।,आजको गोरखापत्रमा खबर छ ।