अपडेट हुँदैनन् सरकारी वेवसाईट

काठमाडौँ, ७ मंसिर । कीर्तिपुरमा हर्षमान महर्जनलाई अनुसन्धानको क्रममा विभिन्न जानकारी चाहिन्छ । तरी उनी कहिल्यै आफुले चाहेको जनाकारी सरकारी वेवसाइटबाट पाउन सक्दैनन ।
उनी भन्छन् ( अधिकांश मन्त्रालयका वेबसाईट पनि समयमा अपडेट हुँदैनन्, धेरैजसो वेबसाईट नयाँ मन्त्री आएपछि फोटो परिवर्तन गर्नमा मात्र सीमित देखिन्छन् ।

पाटनका राजेश बज्राचार्यले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको प्रतिबद्धता पत्र तयार पार्न जिल्लाका तथ्यांकहरु सरकारी वेबसाईटमा खोज र तरी उनले आफुले चाहेको जानकराी सरकारी वेवसाइईटबाट पाउन सकेनन् ।

उनी भन्छन् प्राय सरकारी वेवसाईट अपडेट नहुँदा थोरै जानकारी लिन पनि कार्यालयका कोठाकोठा धाउनुपर्छ ।, आजको कान्तिपुरमा खबर छ ।

Promise Education Consultancy