नवलपरासीमा सडक दुर्घटना दुईजनाको मृत्यु

नवलपरासी, ७ मंसिर । नवलपरासीमा सडक दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।
बुधबार राति ना ४ ख ८६ २२ नम्बरको रोकिराखेको ट्रकमा लु ३६ प ५९७४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका कावासोती–५ बस्ने अन्दाजी २५ वर्षका रोशनबहादुर ठाडा मगर र २० वर्षका रत्न आलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।