बालश्रम न्यूनीकरण सम्बन्धी अनुशिक्षण

चितवन, ६ मंसिर । रत्ननगर नगरपालिका वडा नं. ९ स्थित बालुवाटारको सुकुम्बासी बस्तीमा जन्मदर्ता,बाल विवाह र बालश्रम न्यूनीकरण सम्बन्धी चेतना मूलक अनुशिक्षण कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहकार्य रत्ननगर उद्योग वाणिज्य संघद्धारा संचालित वाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्र्तगत सो कार्यक्रम गरिएको हो । बालश्रम, बालबालिका विरुद्ध हुने हिंसा, जन्मदर्ताका आवश्यक कुरा र बाल विवाहका हानी नोक्सानी लगायतका विषयमा टोलबासिमा चेतनाको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । कार्यक्रममा वालश्रम न्यूनीकरणका लागि भएको प्रयास,जन्मदर्ता र वालविवाहको बारेमा जानकारी गराईएको अध्यक्ष रेग्मीले जानकारी दिए । संघले २८ आंै अन्र्तराष्ट्रिय बाल अधिकारी दिवसको अवसरमा विभिन्न चेतनामुलक कार्यक्रम गर्ने क्रममा “सम्वद्र्धन बाल अधिकारको,कार्यान्वयन संविधानको” भन्ने मुल नाराका प्र्रचारप्रसार र जनचेतनाका कार्यक्रम गरी दिवस मनाएको छ ।