फरक शैलीमा घरदैलो गर्दै चितवनका काँग्रेस

चितवन, ६ मंसिर । नेपाली काँग्रेस चितवनले निर्वाचनको प्रचार प्रसार तथा घर दैलो कार्यक्रमलाई तिब्र बनाएको छ । जिल्लाका सबै क्षेत्रमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यहरु सहित घरदैलो कार्यक्रमलाई तिब्र बनाएको हो । निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवारहरुले प्रचार प्रसारको शैली समेत परिवर्तन गर्दै भोट माग्न थालेका छन् ।
चितवनको तीनवटै क्षेत्रमा संस्कृतिक कार्यक्रम सहित उम्मेदवारहरु जनताको घर दैलोमा पुग्न थालेका छन् । बिभिन्न संस्कृतिक समुह सहित गित गाउँदै घरदैलो कार्यक्रमलाई तिव्र बनाईएको काँग्रेस चितवनले जनाएको छ ।
यसै क्रममा आज भरतपुर वडा नंम्बर ७ का बिभिन्न टोलमा जिल्लाका नेता तथा कार्यकर्ता एवं उम्मेदवारहरुले घरलैलो तथा अन्तक्रिया गरेका छन् । घरदैलो कार्यक्रममा नेपाली काग्रेस चितवन क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार एंव माननिय शिक्षा राज्य मन्त्रि शेषनाथ अधिकारीले नेपाली काग्रेसकै नेतृत्वमा देशले शान्ति र संबिधान पाएकाले अव आर्थिक सम्बृद्धि पनि काग्रेसकै नेतृत्वले ल्याउने दाबि ले गनुभएको छ । उम्मेदवार अधिकारीले आन्तारिक तथा बिदेशी लगानीका लागि उपयुक्त वाताबरणको निमाण गरि पुर्वाधारको बिकास गर्दै रोजगारीको सिर्जना एवं नागरिकका समग्र जीवनस्तर उकास्ने खालका कार्यक्रमहरु ल्याईएको दाबि गर्दै यसमा ढुक्क हुन समेत मतदातालाई आग्रह गनुभयो । हल्लाका पछि नलागी संयमित हुन आग्रह गर्दै उम्मेदवार अधिकारीले स्वास्थ्य बिमा, चिकित्सा शिक्षा बिधेयक काग्रेसकै नेतृत्वमा आएको बताउनुभयो । सडक सञ्जाल , फराकिलो भुगोल आदि कारणले चितवनलाई देशको आर्थिक राजधानी बनाउन सकिने भएकाले आफुले बिशेष पहल गर्ने घरदैलो कार्यक्रममा मतदातासँग उहाँले बाचा गनुभयो ।
घरदैलो कार्यक्रममा मतदातासँग प्रदेश (ख) का उम्मेदवार प्रकाश अधिकारीले लोकतन्त्र भनेको सम्बृद्धिको बाटो भएकाले लोकतन्त्रलाई सस्थागत गर्नपनि नेपाली काग्रेसलाई मतदान गनुपर्ने बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नं ७ को बिभिन्न टोलमा समानुपातिक उम्मेदवारहरु गीता बाग्ले, शान्ति परियारलाई फुलमालाले स्थानियले स्वागत गरेका थिए । घरदैलो कार्यक्रममा नेपाली काग्रेस चितवनका कार्यबाहक सभापति कैलाश कोईराला, सचिब उत्तम जोशी , पुर्व सांसद जगन्नाथ पौडेल, जिल्ला सदस्य देबकी गौतम, केशव महर्जन, महासमिति सदस्य राजेश्वर खनाल , क्षेत्रिय सभापति रमेश अधिकारी लगायतकाको उपस्थिती देखेर मख्ख भएका स्थानियहरु नेपाली काग्रेसलाई नै मत हाल्ने बताएका थिए । घरदैलो कार्यक्रममा जिल्ला नेताहरुको उपस्थितीले हौसिएका स्थानियहरुले नाँचगान गर्दै भोट मागेका थिए ।

लोकतन्त्रको रक्षाका लागि काँग्रेस आबश्यक : वुर्लाकोटी
नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर १ ले पनि आज रत्ननगर नगरपालिका वडा नम्बर १६ मा घरदैलो तथा चुनाबि सभा सम्पन्न भएको छ । चुनाबि सभामा बोल्दै चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य राजेन्द्र बुर्लाकोटीले काँग्रेसले लोकतन्त्रको रक्षा गर्ने बताउनु भयो । अहिले लोकतन्त्र खतरामा रहेको बताउँदै उहाँले काँग्रेसको जितले मात्र लोकतन्त्रलाई बलियो बनाउने बताउनु भयो ।
हिजो चार जना कम्युनिष्ट प्रधानमन्त्री हुदाँ गर्न नसकेको काम काँग्रेसको समयमा भएको भन्दै उहाँले लोकतन्त्रको रक्षा र संस्थागतका लागि काँग्रेसको जित आबश्यक रहेको बताउनु भयो । बिभिन्न संस्कृतिक कार्यक्रम सहित गरिएको घर दैलो कार्यक्रम पछि आयोजित चुनाबि सभालाई संम्बोधन गर्दै बुर्लाकोटीले बिश्वबाटै पलायन हुन लागेको कम्युनिष्ट नेपालमा पछि प्वाख पलाएको कमिला जस्तो हुदै गएको बताउनु भयो ।

काँग्रेसकै नेतृत्वमा शान्ति र संबिधान आएको बताउँदै उहाँले अब बिकासका लागि पनि काँग्रेसनै आबश्यक हुने बताउनु भयो । सोहि अबसमरा बोल्दै प्रदेश सभा १ (ख)का उम्मेदवार उत्तम आचार्यले बिश्वमा कम्युनिष्ट राज्य भएको ठाउँमा बिकास नभई जनताले सास्ति पाउने गरेको बताउनु भयो । जनताको अधिकारका लागि काँग्रेसको जित सुनिश्चि हुनु आबश्यक रहेको भन्दै आचार्यले बिकास निर्माण आफ्नो पहिलो प्रथामिकता रहेको बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस चितवन साबिक क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति कुमार कार्कि, पूर्ब सांसद एकनाथ रानाभाट र नगर सभापति रुपनराज घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।

बिकासको जिम्मा काँग्रेसले लिनेछ : श्रेष्ठ
नेपाली काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर २ (क) का उम्मेदवार जितनारायण श्रेष्ठले पदमपुर बस्तिको बिकासको जिम्मेवारी काँग्रेसले लिने बताउनु भएको छ । बस्ति स्थानान्तरण देखि अहिले सम्म काँग्रेस पदमपुर बासिको साथमा रहेको भन्दै यस क्षेत्रको बिकासका लागि काँग्रेसले जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको बताउनु भयो ।

पुरानो पदमपुरबाट बस्ति स्थानान्तरणको समयमा काँग्रेसले गरेको योगदानको मुल्याङ्कन गर्ने समय आएको भन्दै उहाँले जनताले अहिले बिकास चाहेको बताउनु भयो । कालिका नगरपालिका वडा नम्बर ४ पदमपुरमा आयोजित प्रचार प्रसार समितिको कार्यलय आज उद्धघाटन गर्दै श्रेष्ठले बिकासका काममा काँग्रेस अग्र रहेको बताउनु भयो । जनताको मर्मलाई ख्याल गर्दै काँग्रेसले काम गर्ने गरेको बताउँदै अहिलेको निर्वाचनमा रुख चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो । आफ्नो जन्म थलो पनि शक्तिखोर रहेको बताउँदै श्रेष्ठले लोकतन्त्रको रक्षा र दिगो बिकासका लागि काँग्रेनै आबश्यक रहेको बताउनु भएको हो ।
अहिलेको समय आस्वासन र भाषणको नरहेको भन्दै उहाँले जनताले पार्टी भन्दा माथि उठेर काँग्रेसलाई जिताउन आबश्यक रहेको बताउनु भयो । हरेक आन्दोलन देखि राष्ट्रलाई निकास दिने काममा काँग्रेस अग्र भूमिकामा रहेको बताउँदै उहाँले पदमपुर क्षेत्रको कृषि प्रबर्धनका लागि आफ्नो जित पछि बिशेष योजना ल्याउने बताउनु भयो । नेपाली काँग्रेस वडा सभापति खुसीराम चौधरीको अध्यक्षतामा सम्पन सो कार्यक्रममा नेपाली काँग्रेस चितवनकी प्रबक्ता निता ढकाल लगाएतको उपस्थिति रहेको थियो ।

Promise Education Consultancy