पाँच वर्षभित्र देशलाई कायापलट गर्छौं : ओली

बुटवल,६ मंसिर।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन पछि गठन हुने बामपन्थी सरकारले पाँच वर्षभित्र देशलाई कायापलट गर्ने बताएका छन् ।
बुटवलमा बामगठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दिगो सरकार बनाउनका लागि वाम गठबन्धनलाई दुई तिहाई बहुमत दिन आग्रह गर्दै बाम गठबन्धनकाृ सरकारले पाँच बर्षमा कायापलट गर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच एकता हुने र वामपन्थीहरुले नै देश हाँक्ने बताए।उनले अहिलेसम्म देशमा भ्रष्टाचार र कमिशन नखाएको नेता आफूमात्र भएको दाबी गरे।