लागू औषध सहित दुई पक्राउ

 

प्रनिश थापा
चितवन , मंसिर ०६ । आगामी मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर गरिएको प्रहरी अप्रेशन अन्तर्गत चितवन प्रहरीले आज लागुऔषधसहित दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेहरूमा अटोरिक्सा चालक रत्ननगर–३, निवासी २८ वर्षीय राजेन्द्र बराकोटी, सोही अटोमा सवार रत्ननगर–१२, निवासी २० वर्षीय अशोक खनाललाई रहेका छन् ।

उनीहरुलाई नारायणगढ बाट टाँडी तर्फ जाँदै गरेको ना १ ह ६४१८ नं.को अटो रिक्सालाई चेकजाँच गर्ने क्रममा पक्र्रापरेका हुन् । उनीहरुको साथबाट प्रहरीले नाईट्राजेपाम ७ सय ट्यावलेट, फेन्सिडिल एक सय एमएलको ७ बोतल र ओनरेक्स एक सय एमएलको ३ बोतल समेत बरामद गरेको छ ।