साईराम डेन्टलद्धारा विद्यार्थीहरुको निशुल्क दन्त परिक्षण, हेरौँ ५ फोटो

चितवन, ६ मंसिर । नेपाल माध्यामिक विद्यालय रत्ननगरका वौदिक अपाङ्गता भएका विद्यार्थीहरुको निशुल्क दन्त परिक्षण तथा स्टेशनरी वितरण गरिएको छ ।
विश्व बाल दिवसको अवसर पारिक सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत साईराम डेण्टल केयर कमल नगर नारायणगढले वौदिक अपाङ्ग विद्यार्थीहरुको निशुल्क दत्त परिक्षण तथा स्टेशनरी वितरण गरेका हुन् ।
विद्यालयमा रहेका २४ जना विद्यार्थीहरुमा दातमा विभिन्न समस्या आएपछि आफुह्र प्रत्यक्ष रुपमा विद्यालय परिसरमा पुगेर शिविर नै राखे सवा गरेको दन्त चिकित्सक डा. सरु थापाले जानकारी दिईन् ।
सो अवसरमा दन्त परीक्षण गर्ने क्रममा दाँत भर्नपर्ने र दाँत निकाल्ने बालबालिकालाई साईराम डेण्टलमा निःशुल्क उपचार गर्ने समेत उनले बताईन् ।
साथै विद्यार्थीहरुलाई जाडोको लागि स्वीटर, कापी, कलम, कलर पेन्सील, दिनुका साथै दीउँसोको खाजा समेत खुवाईएको थियो । र केही समय वेलुन उढाउदै अपांङ्ग बालबालीकाहरुलाई रमाइलो गराउदा आफुहरुलाई पनी रमाईलो पनि गरिएको थियो ।