उम्मेद्वार नै बाम गठबन्धनमा प्रवेश

सिन्धुपाल्चोक,६मंसिर।सिन्धुपालचोकमा उम्मेद्वार नै बाम गठबन्धनमा प्रवेश गरेका छन्
प्रतिनिधिसभा क्षेत्र नम्बर १ का जनसमाजवादी पार्टीका उम्मेदवार हस्तबहादुर विक नै वाम गठबन्धनमा प्रवेश गरेका हुन्।

वाम गठबन्धनका प्रतिनिधिसभामा साझा उम्मेदवार अग्नि सापकोटा, प्रदेशसभा २ का उम्मेदवार अरुण नेपालले विकलाई गठबन्धनमा स्वागत गरेका थिए ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ को साबिकको मांखा गाविसमा विकको प्रभाव राम्रो छ ।
गठबन्धन प्रवेशलगत्तै विज्ञप्ति जारी गरेर विकले राजनीतिक स्थायित्वको लागि वाम गठबन्धनको साझा उम्मेदवारलाई समर्थन गरेको जनाएका छन् । विकसहित उनको पार्टीबाट सयौले वाम गठबन्धन प्रवेश गरेका छन् ।