फेरी घट्यो सुनको भाउ

काठमाडौं,६ मंसिर। सुनको भाउ बुधबार तोलामा दुई सय रुपैयाँ घटेको छ । सुनको मूल्य तोलाको ५५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलामा ४ सय रुपैयाँ घटेर ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको हो । चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी बुधबार पनि तोलाको ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

.